कर्णालीमा ४२ वटा स्थानीय तहमा एकसाथ अस्पतालको शिलान्यास हुँदै
सुर्खेत । ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित कर्णाली प्रदेशमाका ४२ वटा स्थानीय तहमा आधारभूत अस्पतालको एक साथ शिलान्याश गर्न लािगएको छ । कर्णाली प्रदेशका दश वटा जिल्लामा ५, १०, १५ शैयाका अस्पतालको एक साथ शिलान्यास गर्न लागिएको हो ।
कर्णाली प्रदेशमा ५ शैयाको एक, १० शैयाका नौ र १५ शैयाका ३२ वटा स्वास्थ्य चौकी एकसाथ शिलान्यास गर्न लागिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
कर्णाली प्रदेशका १० जिल्लामध्ये सल्यानका ८ वटा स्थानीय तहमा, दैलेख र सुर्खेतका ७÷७ वटा स्थानीय तहमा अस्पतालको शिलान्यास हुने कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
त्यस्तै, जाजरकोट, हुम्लामा ४÷४ वटा स्थानीय तहमा, रुकुमपश्चिम, डोल्पाका ३÷३ वटा स्थानीय तहमा, जुम्ला र कालिकोटमा २÷२ स्थानीय तहमा अस्पतालको शिलान्यास गर्ने कार्यक्रम रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
स्थानीय तहमा बन्न लागेका अस्पतालको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावत, कर्णाली प्रदेशमा मुख्यमन्त्री, मन्त्रीहरु र सम्बन्धित निर्वाचन क्षेत्रका सांसदहरुले अस्पतालको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस्