काठमाडौं । एसियन गेम्स अन्तरगत मंगोलियाविरुद्धको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हासिल गरेको छ । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा यो अहिलेसम्मकै फराकिलो जित हो ।यसअघि चेक गणतन्त्रले टर्कीमाथि २५७ रनको जित हात पारेर रन अन्तरको हिसाबमा सबैभन्दा फराकिलो जितको विश्व कीर्तिमान बनाएको थियो ।नेपालले पहिलो ब्याटिङ गर्दै ३१५ रनको लक्ष्य दिएकोमा मंगोलिया १३.१ ओभरमा ४१ रनमै अलआउट भयो ।नेपालका लागि करण केसी, अविनाश बोहरा र सन्दीप लामिछानेले २–२ विकेट लिए ।