सुर्खेत । कर्णाली करिडोरअन्र्तगतको कालिकोटको नरहरिनाथ–१ लालीघाटमा रहेको कर्णाली नदी रहेको फेरी नबन्दा यातायात साधनहरुलाई सास्ती भएको छ । बर्सातका कारणले कर्णाली नदीमा बाढी आउँदा गत असार महिनामा बगाएको फेरी बन्न नसक्दा यातायात साधनहरुलाई सास्ती भएको हो ।
कर्णाली नदीमा रहेको फेरी बगाउँदा दुई किनारामा यातायातका साधनहरु थन्किएका छन् ।
लामो समयदेखि कर्णाली करिडोर सडकखण्डको लालीघाट–जितेबजार जोड्ने पुल निर्माण हुन नसक्दा फेरीको भरमा यातायातका साधन वारपार गर्ने गरिएको स्थानीय यातायात व्यवसायी प्रेमबहादुर बुढाले बताए । ‘गत असारमा आएको बाढीले फेरी बगायो । त्यसको ठाउँमा अर्को फेरी हाल्ने कहिले हो थाहा छैन् ।’ उनले भने,‘कर्णाली नदीको खुलालुमा पक्की पुल निर्माधिन अवस्थामा रहेका छ । त्यो कहिले बन्ने हो । त्यसको कुनै पत्तो छैन् ।’
फेरी नहुँदा कालिकोट, बाजुरा, मुगु र हुम्ला जाने यात्रु तथा ढुवानी साधनलाई समस्या भएको बीचमा बाटोमा यातायात साधन बदल्नु पर्ने ढुवानीमा चर्को तिर्नुपर्ने समस्या रहेको कालिकोट रास्कोट नगरपालिका–८ का अनन्त बरालले बताए । ‘पहिला कर्णालीमा नदीमा फेरी रहेको थियो । नदीमा आएको बाढीले बगायो ।’ उनले भने,‘त्यस यता फेरी बन्न नसक्दा सवारी साधन बदल्नुका साथै ढुवानीका साधनमा चर्को भाडा लाग्ने गरेको छ ।’
वर्षमा हिउँदे समयमा मात्र संचालन आउने गरेको फेरी पुर्ननिर्माण गर्न कसैले पहल नगरेका कारणले यात्रु तथा व्यापारीले सास्ती व्यहोर्दै आएका स्थानीय व्यापारी तिलबहादुर शाहीले बताए । ‘फेरी नबन्दासम्म व्यापारीको लाखौंको घाटा हुने र उपभोक्ताहरु मारमा पर्ने देखिन्छ ।’ उनले भने,‘फेरी हुँदा व्यापारी तथा अन्यलाई सास्ती बेहर्नु पर्ने बाध्यता रहेको छ ।’
फेरी पुर्ननिर्माणका लागि पहल भइरहेको स्थानीय तहलाई संचालनका लागि जिम्मा दिने गरेर डिपिआर बनाउन भनिएको तर, अहिलेसम्म कसैले माग नगरेको कर्णाली प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका नि.सचिव धर्मेन्द्र झाले बताए । ‘मन्त्रालयबाट फेरी संचालनका लागि सम्बन्धित स्थानीय तहलाई डिपिआर गरेर रकमको माग गर्न भनिएको हो ।’ उनले भने,‘स्थानीय तह तथा अन्य कसैले माग गरेको छैन् । कसरी बनाउने भन्ने अन्यौलमा नै रहेको छ ।’