३० भदौ,सुर्खेत ।
वीरेन्द्रनगर नगरपालिकाकाे केही कर्मचारीहरुमा कोराेना संक्रमण पुष्टि भएपछि एक साताका लागि आर्थिक प्रशासन शाखा बाट हुने सम्पूर्ण सेवा बन्द गरिएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालका अनुसार २०७७ भदौ ३१ गते देखी असोज ६ गते सम्मको लागि आर्थिक प्रशासन शाखाबाट प्रवाह हुने सबै सेवाहरु बन्द गरिएको र अन्य सम्पुर्ण सेवाहरु सुचारु हुने जानकारी दिए । एक सातसम्म आर्थिक प्रशासन शाखा सेवा बन्द हुने भएको हुदाँ सेवाग्राहीमा पर्न जाने असुविधा प्रति नगरपालिकाले क्षमा प्रार्थी मागेको छ ।