सुर्खेत । राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापनाको माग बिहिबार राजावादीहरुले ¥यालीसहित प्रर्दशन गरेका छन् । स्वतन्त्र नागरिक संघर्ष समिति नाममा राजावादीहरुले ¥यालीसहित प्रर्दशन गरेका हुन् ।
राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापनाको आफ्नो माग भएको देशमा राजा विनाको राज्यको कल्पना गर्न नसकिने स्वतन्त्र नागरिक संघर्ष समितिका सदस्य प्रेम बिसीले जानकारी बताए ।
प्रर्दशनमा करिब पाँच हजार नागरिकको सहभागिता रहेको स्वतन्त्र नागरिक संघर्ष समितिका सदस्य बिसीले बताए ।