सुर्खेत । जिल्ला प्रशासन कार्यालय जुम्ला सिल गरिएको छ । प्रशासन कार्यालयमा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि कार्यालय सिल गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय जुम्लाले बुधबार बेलुका एक सूचना जारी गर्दै मंसिर १८ गते देखि २० गतेसम्म शान्ति सुरक्षा र विपद् व्यवस्थापनबाहेक अन्य दैनिक सेवा प्रवाह बन्द गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए ।

उनले भने, ‘सेवा प्रवाह गर्दा सेवाग्राही समेतलाई संक्रमण फैलिने जोखिम हुने हुँदा दैनिक सेवा प्रवाह बन्द गरिएको हो ।’

सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाका अनुसार अहिले जिल्लामा कोरोना संक्रमितको संख्या चार सय ३२ पुगेको छ । संक्रमितमध्ये तीन सय ९३ जना निको भएका छन् । जिल्लामा अझै ३९ जना सक्रिय संक्रमित छन् ।