नेकपा एमाले सुर्खेतले आजदेखि जिल्ला पार्टी कार्यालय संचालन गरेको छ। सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरणलाई अवैध ठहर गरेपछि नेकपा एमालेले आफ्नो कार्यालय खोलेको हो।

पार्टी कार्यालय खोलिएपछि एमाले कार्यकर्ताहरुले खुसीयाली मनाएका थिए। पार्टी कार्यालयको प्राङ्गणमा नाचगान गर्दै उनीहरूले ‘केपी ओली जिन्दावाद,एमाले पार्टी जिन्दावाद’को नारा लगाएका थिए। केपी ओलीको तस्बिर सहितको फोटो पार्टी कार्यालयमा राख्दै खुसी व्यक्त गरे।

नेकपा एमालेका प्रदेश कमिटी सदस्य ताराप्रसाद देवकोटाले आफ्नो पार्टी एमाले नै भएको र अदालतले पार्टी पुनःस्थापना गरिदिएकोमा खुसी व्यक्त गरे। उनले सवैलाई समेटेर पार्टी (एमाले) एकतावद्द वनाउनु पर्ने धारणा राखे ।

एमाले जिल्ला कमिटी सचिव मोहनशिं वडुवालले पुराना सवै कुरा विर्सिएर पार्टी एक वनाउन आफु लाग्ने प्रतिवद्दता जनाए। पार्टीका सवै साथीहरूसंग छलफल गरेर एमालेका जिल्ला भित्रका सवै कमिटीहरुको वैठक राख्ने वताए।

वीरेन्द्रनगर नगरपालिकाका उप प्रमुख एवम् अनेम संघका केन्द्रीय सदस्य मोहनमाया ढकालले एमाले पार्टी पुन: व्यूतिएकोमा खुसी व्यक्त गरिन। अब एमाले पार्टी भित्र विगतका मनमुटावहरु केही रहेपनि विर्सेर पार्टी निर्माणमा लाग्नु पर्ने वताईन।