सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा सरकारकी प्रवक्ता बनेकी छन्।

बुधबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए। 

यसअघि पौडेलले प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका थिए।

सरकारले मंगलबार मन्त्रिपरिषद् विस्तार गरेपछि बसेको पहिलो बैठकले उक्त निर्णय गरेको हो।