सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयले तेह्रौं वार्षिकोउत्सव भव्यताका साथ मनाएको छ। वार्षिकोउत्सव समारोहलाई सम्वाेधन गर्दै मुख्यमन्त्री शर्माले कर्णाली प्रदेशको समग्र विकास र उन्नयनका लागि दक्ष जनशक्ति उत्पादनमा मध्यपश्चिम विश्वविद्यालयको महत्वपूर्ण भूमिका रहने बताए ।

मुख्यमन्त्री शर्माले कर्णाली प्रदेश सरकार र मध्यपश्चिम विश्वविद्यालयबीच थप सहकार्य गर्दै जाने प्रतिबद्धता समेत जनाए। उनले भने, ‘कर्णालीको गरिबी, अशिक्षा र स्वास्थ सेवाको अभावका विरुद्ध एकताबद्ध संघर्ष गर्नुपर्ने बेला आएको छ। यसै सन्दर्भमा यस पटक सरकारको नीति तथा कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयको अनुसन्धान र विकास कार्यक्रमका लागि सहयोग गर्ने नीति पनि लिएको छ।’

यस्तै, वार्षिकउत्सव समारोहमा उपकुलपति प्रा.डा. सिंहले मध्यपश्चिम विश्वविद्यालयको एकीकृत भीजन र विश्वविद्यालयको प्रगती बारे प्रस्तुत गरेका थिए।

सिंहले बोल्दै अबको विश्वविद्यालयहरुले संसारै भरी प्रतिस्पर्धा गर्न सक्षम विद्यार्थी उत्पादन गर्नुपर्ने र विश्वविद्यालय यस प्रति कटिबद्ध रहेको बताए। साथै कर्णाली प्रदेश सरकारले गरेको सहकार्य र सहयोग गर्ने प्रतिबद्दता प्रति धन्यवाद व्यक्त गरे।

यस्तै, कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका विभिन्न ग्र्याजुएट स्कुलहरुमा अध्ययनरत विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए।

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माको प्रमुख आतिथ्यता र विद्यालयका उपकुलपति प्रा.डा नन्दबहादुर सिंहको अध्यक्षतामा वार्षिकोउत्सव मनाएको हो।