सोमबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। 

अघिल्लो दिन अर्थात् आइतबार प्रतितोला पाँच सय रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला तीन सय रुपैयाँ घटेको हो।

सुनचाँदी व्यवसायी संघ सुर्खेतका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १४ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ। 

आइतबार प्रतितोला १६ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १६ सय १० रुपैयाँमा किनबेच भइरहेको छ।