सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा आयोजित आठौँ जिल्लाव्यापि तेक्वान्दो प्रतियोगितामा एसओएस हर्मन माइनर विद्यालय टिम प्रथम भएको छ । सुर्खेतको पर्यटन र तेक्वान्दो खेलको विकासमा टेवा पु¥याउने उद्देश्यले एसओएस जिल्ला प्रथम नेपाल तेक्वान्दो सङ्घ जिल्ला कार्यसमिति सुर्खेतको आयोजनामा भएको तेक्वान्दो प्रतियोगितामा १० स्वर्ण, १० रजत, ०९ कास्य सहित एसओएस हर्मन माइनर विद्यालयको टिम प्रथम भएको हो । यस्तै नेवारे तेक्वान्दो डोजाङ्ग दोस्रो र पिपिरा तेक्वान्दो डोजाङ्गले तेस्रो भएका हुन् । प्रतियोगितामा सुर्खेत जिल्लाका विभिन्न टिमका करिब ३०० जना खेलाडीहरूको उपस्थिति रहेको थियो ।