नेपाल–चीनबीचको कोरला नाका खुला गर्ने तयारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणका बेला दुवै देशको नाका खोल्न सहमत भएपछि तयारी थालिएको हो ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले नाका खोल्ने निर्णय भए पनि कहिलेबाट खुला हुने भन्ने निर्णय हुन बाँकी रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बोर्डर नै खुला गर्ने निर्णय छ । कुन बेला, कहिलेबाट भन्ने त पछि आउला । हामी यताका कामसँगै चिनिया अधिकारीसँग बैठक गर्ने तयारीमा छौँ ।”