साना किसान कृषि सहकारी उत्तरगंगाको २८ औ साधारण स्थापना दिवस विभिद कार्यक्रमका साथ सम्पन्न भएको छ । साना किसान कृषि सहकारी संस्था लि. वीरेन्द्रनगर-३, उत्तगंगाको, सुर्खेतको २८ औं स्थापना दिवस संस्थाका अध्यक्ष चांदनी ढकाल अध्यक्षमा, प्रमुख अथितिमा साना किसान विकास लघुवित्त वित्तिय संस्था लि. शाखा कार्यलयका शाखा प्रवन्धक हरी प्रसाद न्यौपाने, संस्थाका संस्थापक अध्यक्ष गौरादेवि गीरी, संस्थाका संचालक समिति सदस्यहरु, लेखासुपरीवेक्षण समितिहरु, संस्थाका अन्तर समुहका पदाधिकारीहरु लगायत घुमखहरे साना किसान कृषि सहकारी संस्था लि. प्रवन्धक खली सुवेदि राना, जर्बुटा साना किसान कृषि सहकारी संस्थाका प्रवन्धक रुपा सारु लगायतको उपस्थीतिमा सम्पन भयको थियो।

उत्त कार्यक्रम संस्थाका वरिष्ठ सहायक उत्तम लामिछानेले संचालन गर्नुभयको थियो ।

उत्त कार्यक्रममा संस्थाका उपाध्यक्ष विन्द्रा थापाले स्वागत मन्तव्य गर्नुभयको थियो भने संस्थाका मुख्य प्रवन्धक चित्र प्रसाद रेग्मीले समिक्षागत प्रगती प्रस्तुतिकरण गर्नुभयको थियो । जसमा संस्थाको अवस्था, भविश्यको रुपरेखाका वारेमा जानकारी गराउनु भयको थियो ।

कार्यक्रममा प्रमुख अतिथी साना किसान विकास लघुवित्त वित्तिय संस्था लि. शाखा कार्यलय सुर्खेतका शाखा प्रवन्धक हरी प्रसाद न्यौपानेले साना किसान भनेको साचिकै किसानहरुको संस्था हो जसमा कर्णाली प्रदेशकै उत्कृष्ठ संस्थाको रुपमा यस साना किसान कृषि सहकारी संस्था उत्तरगंगा रहेको छ । आज २८ औ स्थापना दिवसमा मनाउदै गर्दा संस्थाको वित्तिय अवस्था, सामाजिक तथा किसानहरु संग जोडियको पुलको काम गरेको भन्दै आगामी दिनहरुमा यस सहकारी संस्थाको उत्तर उत्तर पग्रतिको कामना गर्नुभयको थियो ।

स्थापना दिवशको अवसरमा अन्तर समुह स्तरीय हाजिरजवाफ प्रतियोगीता, म्युजिकल चियर, बेलुन फुटाउने प्रतियोगीता, लगायतका विभिन्न प्रतियोगिताहरु स्वस्थ प्रतियोगितात्मक रुपमा संचालन भयको थियो । साथै कार्यक्रममा बृद सदस्य सम्मान कार्यक्रम, आर्थीक रुपमा कमजोर सदस्यलाई स्वास्थ उपचार रकम सहयोग, उत्कृष्ठ बाल बचतकर्ता पुरस्कार सम्मान कार्यक्रम, शेयर सदस्यका छोरा छोरीहरुलाई एस.एल.सी.मा उत्कृष्ठ अंक ल्याउने एक छात्र, एक छात्रालाई पुरस्कार वितरण, साथै प्रतियोगीतात्मक खेलहरुमा विजेता तथा दितिय र तितिय संस्थानमा आउने सदस्यहरुलाई पुरस्कार वितरण गरीयको थियो