सुर्खेत ।
जाजरकोट नलगाड नगरपालिका ३ स्थित तुसारे खोला मुहान भई कटके डाडा खानेपानी आयोजनामा रकम भुक्तानी भइसक्दा पनि कामदारले आफ्नो पारिश्रमिक नपाएका छन्।

यो योजना प्रति वर्ष कर्मगत योजना अन्तर्गत १५ लाख बजेट जिल्ला कार्यालयबाट भुक्तानी भएको छ। यस योजनाको अध्यक्ष शेरे दमाईं, सचिव कौसी बहादुर थापा र कोषाध्यक्ष रेवती बूढा रहेका छन्। स्थानीयवासीहरूले बताए अनुसार, अध्यक्ष दमाईले कामदारलाई हाजिरी नदेखाएर मनमानी ढङ्गले पैसा वितरण गरेका छन्। कामदारहरूले आफ्नो पारिश्रमिक नपाएकोमा चिन्ता व्यक्त गरेका छन्। समितिले रकम निकासा गर्दा ८६ हजारको खर्च देखाएका छन्। कामदारहरूले हाजिरी हेर्न पाउनु पर्ने माग राखेका छन्। वडा अध्यक्ष कौसी बहादुर बिष्टका अनुसार, तुसारे खोला आयोजना अन्तर्गत मात्र नभई अन्य २ वटा योजनाहरूको काम पनि सम्पन्न भएको छ। तुसारे खोलाको रकम भने कामदारहरूलाई आफूले नै वितरण गरेको बताए। योजनाको काम भने जस्तो नभएकोले कामदारहरूलाई कम रकम दिइएको दाबी गरेका छन्। १०० घनमिटर खन्ने कामलाई ३० घनमिटरको मात्र पैसा दिइएको बताइन्छ। कामदारहरूले दैनिक ज्याला ३ सय मात्र पाएको गुनासो गरेका छन्। समितिको जवाफ भनेजस्तो काम नभएकोले पैसा कम दिइएको हो भन्ने रहेको छ। अर्को आयोजना, सेलाखोला लघु जलविद्युत, बिना कुनै भरपाई कामै नगरी २ लाख ५० हजार बढी रकम लिने गरेको पाइएको छ। यस योजनाको अध्यक्ष दीप बहादुर थापा रहेका छन्।