सुर्खेत । रोल्पाको सुनछहरी गाउँपालिका ४ कामी डाँडामा शुक्रबार राति गएको पहिरोले एक घर पुरिँदा दुई जनाको मृत्यु भएको छ। पहिरोमा परि ६५ वर्षीया हजुरआमा बसुना सुनार र उनकी ४ वर्षीया नातिनीको निधन भएको हो। जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार, राति ९ बजेतिर घर माथिबाट आएको पहिरोले देउसिंह कामीको घरलाई पुरेको हो।

घरमा हजुरआमा बसुना सुनार र नातिनी मात्र रहेका थिए। प्राकृतिक विपदले गर्दा पीडित परिवार र गाउँमा शोक छाएको छ। स्थानीय प्रशासन र सुरक्षाकर्मीहरू उद्धार कार्यमा लागिरहेका छन्।