सुर्खेत, भदौ १४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्डले पार्टीभित्र नेतृत्व हस्तान्तरण तत्काल उपयुक्त नभएको बताएका छन्। शुक्रबार सुर्खेतमा आयोजित पार्टीको आन्तरिक छलफलमा सहभागी हुन आएका प्रचण्डले पत्रकारहरूसँग कुराकानी गर्दै पार्टीभित्र अर्को नेतृत्व गर्ने टिम नबनिसकेका ले आफूले हालै नेतृत्व हस्तान्तरण गर्न नचाहेको प्रष्ट पारे।

प्रचण्डले भने, म उमेरले ७० वर्ष काट्दैछु, सँधै नेतृत्वमा रहिरहने मेरो इच्छा छैन। प्रचण्ड अध्यक्ष भन्दामाथि भइसकेको छ, त्यसैले राम्रो टिम बनेपछि मात्र अध्यक्षको जिम्मेवारी हस्तान्तरण गर्ने योजना छ।

उनले पार्टीभित्र राम्रो टिम बनेपछि अध्यक्षको जिम्मेवारीबाट अलग भएर कुनै महत्वपूर्ण भूमिका निर्वाह गर्ने सोच रहेको बताए। साथै, प्रचण्डले माओवादी केन्द्र फुट्न लागेको हल्ला गलत डिजाइन भएको दाबी गरे। उनले भने, माओवादी केन्द्रले सरकार बाहिर रहेर पनि देशको जटिल परिस्थिति सुधार्न सकारात्मक भूमिका खेलिरहेको छ।

प्रचण्डको यो अभिव्यक्तिले माओवादी केन्द्रको नेतृत्वमा आगामी दिनमा हुने सम्भावित परिवर्तनका विषयमा नयाँ तरंग ल्याएको छ।