सुर्खेत। मध्यपश्चिम विश्वविद्यालय नेपाल र चाइना थ्री गर्जेज युनिभर्सिटी, चीन बीच दुई पक्षीय सम्झौता पत्र (MoU) मा हस्ताक्षर सम्पन्न भएको छ । मध्यपश्चिम विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा. डा. ध्रुव कुमार गौतमज्यू र चाइना थ्री गर्जेज युनिभर्सिटीका तर्फबाट प्रिजीडेन्ट यान हुआंग (Yan Huang) ले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो । उक्त सम्झौताको मुख्य उदेश्य दुवै विश्वविद्यालयले घनिष्ठ मैत्री सम्बन्ध स्थापना गरी आपसी समझदारीको भावनामा सहयोग आदान प्रदान गर्ने रहेको छ । सहकार्य अन्तर्गत प्राध्यापक तथा विद्यार्थीहरुको आदानप्रदान, अनुसन्धान र प्रकाशनमा सहयोग लगायत समग्र विश्वविद्यालयको उन्नयन रहेको छ ।

सम्झौता समारोहमा उपकुलपति प्रा. डा. गौतमज्यूले दुई शैक्षिक संस्थाका बीच भएको सम्झौता मार्फत प्राध्यापक तथा विद्यार्थी लाभान्वित हुनुका साथै आपसी समझदारी तथा दुई पक्षीय सहयोग विस्तार हुने विश्वास व्यक्त गर्नुभएको थियो । सम्झौता अवधी पाँच वर्षको रहेको छ भने आपसी समझदारीमा थप गर्न सकिने प्रावधान रहेको छ । सोत : सन्देश थापा