
नेपाली कांग्रेस सानीभेरी गाउँपालिका वडा नं ५ मा विजयी
मंसिर १६ गते, २०८१ २१:१९ मा प्रकाशित
रुकुम (पश्चिम), सानीभेरी गाउँपालिका वडा नं ५ मा सम्पन्न स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले विजयी हासिल गरेको छ।
यो वडामा कुल ११४६ मत खसेको थियो। नेपाली कांग्रेसका उम्मेदवारले ५९० मत प्राप्त गर्दा, निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का उम्मेदवारले ५३७ मत प्राप्त गरे।
नेपाली कांग्रेसले ५३ मतको अन्तरले जित हासिल गर्दै वडाको नेतृत्व लिने अवसर पाएको छ।
Post Views: 510










प्रतिक्रिया दिनुहोस्