काठमाडौं-१६ उपनिर्वाचन: राष्ट्रिय स्वतन्त्र पार्टीकी रोजिना श्रेष्ठ विजयी
काठमाडौं महानगरपालिका-१६ मा सम्पन्न उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीकी रोजिना श्रेष्ठ विजयी भएकी छन्। निर्वाचन आयोगका अनुसार श्रेष्ठले २,९०२ मत ल्याउँदै विजय हासिल गरिन्।
प्रतिस्पर्धामा एमालेका लक्ष्मीरत्न तुलाधरले १,२१८ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरे भने नेपाली कांग्रेसका देवेन्द्र पाठकले २,२०२ मतसहित दोस्रो स्थानमा रहे। नेकपा एकीकृत समाजवादीका मीनबहादुर मानन्धरले ६५१ मत ल्याएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका श्यामकृष्ण श्रेष्ठले ७७४ मत प्राप्त गरे।
यस निर्वाचनमा कुल १०,५५८ मत खसेको थियो, जसमा १८० मत बदर भएको छ।
२०७९ सालको स्थानीय तहको चुनावमा नेपाली कांग्रेसका वडाध्यक्ष मुकुन्द रिजालको निधन भएपछि काठमाडौं-१६ मा उपनिर्वाचन गराइएको हो।
प्रतिक्रिया दिनुहोस्