सुर्खेत – नलगाड नगरपालिका, जाजरकोटमा माओवादी केन्द्रकी तर्फबाट निर्वाचित नलगाड नगरपालिका की नगर उपप्रमुख देवीका लामिछानेले उपनिर्वाचन जितेको २५ घण्टाभित्रै जनताको लागि काम सुरु गरेर उदाहरण प्रस्तुत गरेकी छिन्।

गत कार्तिक १७ गतेको विनाशकारी भूकम्पले नलगाड नगरपालिकालाई तहसनहस बनाएको थियो। नगरपालिकाका जनताले नगर उपप्रमुखलाई गुमाएपछि कामकाजमा ठूलो कठिनाइको सामना गर्नुपरेको थियो। उपनिर्वाचनमा कार्तिक १६ गते निर्वाचित लामिछानेले कार्यालय सम्हाल्नासाथ तत्काल जनताको हितका काममा जुटेकी छिन्।

भूकम्प पीडितका लागि राहत र पुनर्निर्माण प्राथमिकता

नगरपालिकाले भूकम्प पीडितका लागि अस्थायी आवास निर्माण अनुदान रकम वितरण प्रक्रियालाई तीव्रता दिएको छ। एनआईसी बैंकमा खाता भएका वडा नं. ३ का ५७४ जना, वडा नं. ८ का ७१८ जना, वडा नं. १० का २०४ जना, र वडा नं. १० का वाणिज्य बैंक खाता भएका १२७ जनालाई समेट्दै कुल १६२३ जना लाभग्राहीहरूको अन्तिम किस्ताको अनुदान रकम बैंकमा जम्मा भइसकेको छ।

साथै, अन्य लाभग्राहीहरूको अनुदान भुक्तानी प्रक्रियालाई छिटो सम्पन्न गर्न नगरपालिकाले विशेष पहल गरिरहेको छ।

सपना सिलाउने” उपप्रमुखको प्रतिबद्धता

स्थानीय लाभग्राहीहरूका अनुसार देवीका लामिछानेले भूकम्पपछि विध्वस्त नलगाडको पुनर्निर्माणलाई प्राथमिकता दिँदै तत्काल राहत र पुनर्निर्माणको कामलाई गति प्रदान गरेकी छिन्। “सपना सिलाउने” को संज्ञा पाएका लामिछानेले आफू दिनप्रति दिन जनताको सेवा र काममा व्यस्त रहने प्रतिवद्धता जनाएकी छन्।

उनको यो सक्रियताले जनतामा आशा र भरोसा जागृत गरेको छ। नगरपालिका प्रशासनलाई प्रभावकारी बनाउन र जनताको सेवामा समर्पित बन्न लामिछानेको नेतृत्वले नयाँ दिशा दिने अपेक्षा गरिएको छ।