अनेरास्वब्यू (क्रान्तिकारी) बिद्यार्थी संगठनको केन्द्रीय सदस्यमा कर्णालीबाट शुशीला
सुर्खेत – अनेरास्वब्यू (क्रान्तिकारी) बिद्यार्थी संगठनको केन्द्रीय सदस्यमा कर्णालीबाट शुशीला बादी निर्बिरोध निर्बाचित भएकी छन् । भर्खरै सम्पन्न नेकपा माओबादी नीकट अनेरास्वब्यू (क्रान्तिकारी) बिद्यार्थी संगठनकोे केन्द्रीय सदस्यमा शुशीला निर्बिरोध निर्बाचित भएकी हुन् ।बादी सरोकार मञ्चकी बोर्ड सदस्य समेत भएर सामाजिक काम गरेकी उनले राजनीतिमा लाग्नु भन्दा पहिले विपद् सर्थिका कर्णालीका युवा नामक संस्थामा काम पनि गरेकी थिईन् । कोरोना कालमा खाना अभियानदेखी कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेर दलितका लागि दलित आन्दोलनका साथै अन्य उपेक्षित, उत्पीडित समुदायको पक्षमा निरन्तर खबरदारी गर्ने आन्दोलनमा अग्रपंतिमा उभिने शुशीलाले आफ्नो बिद्यार्थीकालदेखी नै राजनीतिमा समेत छलांङ मार्न थालेकी छन् ।
मध्यपश्चिम बिश्वबिद्यालयमा अध्यायनरत बिद्यार्थी नेता शुशीला भेरी किनारमा रहेको बादी बस्तीमा जन्मीएर आफ्नो पढाईलाई नियमित बनाउनुका साथै सामाजिक अभियानको पनि नेतृत्व गर्न अगुवाई गरिरहेकी छन् । उनले भनिन्, “राज्य र समाजले गरेको बिभेदले अगाडी बढ्न रोकिरहेको समुदायबाट म मेरो र मेरोजस्तै पछाडी परेको समुदायको हितका लागि सामाजिक सेवामा लाग्ने सोच बनाएकी छु । म समाजमा पछाडी परेको र दबिएको आवाज भएका सबै समुदायको आवाज बन्ने कोशीस गर्नेछु । कक्षा ११ मा पढ्दै गर्दा राजनीतिमा जोडिएकी बिद्यार्थी नेता शुशीलाले अनेरास्वब्यू (क्रान्तिकारी) बिद्यार्थी संगठनको वीरेन्द्रनगर अध्यक्ष भएर काम गरिन् । त्यसपछि उक्त संगठनको जिल्ला सदस्य, उपाध्यक्ष, प्रदेश सदस्य हुँदै हाल केन्द्रीय सदस्य बनेकी छन् । उनले समाजमा छोरीहरुले पनि केही गर्न सक्छन् भन्ने उदाहरण प्रस्तुत गर्नपनि आफु राजनीतिमा लागेको बताईन् ।
प्रतिक्रिया दिनुहोस्