
संवाददाता – बाँकेको राप्ती नदीमा डुबेर शनिबार एक युवतीको ज्यान गएको छ। राप्तीसोनारी गाउँपालिका–३, सिनावासस्थित राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर २० वर्षीया दिक्षीका चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक पातलीले जानकारी दिए।
डीएसपी पातलीका अनुसार, चौधरी गाउँका अन्य महिलासँग माछा मार्न गएकी थिइन्। त्यस क्रममा नदीमा अचानक डुबेर उनको ज्यान गएको हो। “माछा मार्न गएका ११ जना महिला पनि नदीमा दिक्षीकासँगै डुबेका थिए, तर उनीहरूको सकुशल उद्धार गरिएको छ,” पातलीले बताए।
दिक्षीकाको शव डुबेको करीब एक घण्टापछि स्थानीयवासी र प्रहरीको सहकार्यमा नदीबाट निकालिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्