सुर्खेत, ८ असोज । कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट पहिलोपटक सवारी चालक अनुमति पत्र वितरण सुरु भएको छ । यातायात व्यवस्था कार्यालय सुर्खेतबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण सुरु भएको हो ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बिहीबार उक्त सेवाको उद्घाटन गरेका छन् ।
सम्पूर्ण चरण पार गरेका सवारी चालकलाई बिहीबारदेखि सवारी चालक अनुमति पत्र दिन थालिएको यातायात व्यवस्था कार्यालय सुर्खेतका प्रमुख आनन्द चपाईंले बताए । ‘कार्यालयले मोटरसाइकल, स्कुटर, कार, जिप, भ्यान, ट्याम्पो, इरिक्सा, पावर टेलर, ट्याक्टर, बस मिनिबस र ट्रकको लाइसेन्स दिनेछ ।’ उनले भने,‘अन्य लोडर, एक्स्काभेटरको लाइसेन्स दिन भने कर्मचारी र जनशक्तिको अभाव रहेको छ ।’
यातायात सेवा कार्यालयले यसअघि रुट जारी तथा नवीकरण, ब्लुबुक नवीकरण, जाँच–पास, लाइसेन्स नवीकरण र सवारी नामसारी र दर्ता गर्ने काम गर्दै आएको थियो । सुर्खेतबाटै लाइसेन्स वितरण सुरु भएपछि कर्णालीका नागरिकलाई चालक अनुमतिपत्र लिन नेपालगंज र जुम्ला जानुपर्ने बाध्यता रहेको थियो ।