काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको लागि अनुमति नपाएको बताएको छ । सरकारले सुरक्षासम्बन्धी मापदण्ड पूर्णरूपमा पालना गरी विभिन्न तहका परीक्षा सञ्चालन गर्न अनुमति दिएको थियो । तर, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले १२ को परीक्षाको लागि सरकारले अनुमति नपाएको बताए । 

‘सरकारले १२ को परीक्षाको लागि स्वीकृति दिएको छैन । १२ को लागि छुट्टै निर्णय भएर आउँछ भनेको छ,’ उनले भने, ‘अब दसैँपछि मात्र परीक्षा हुन्छ । दसैँअगाडि हुने सम्भावना छैन ।’

बोर्डले चरणचरणमा वा वैकल्पिक विधिबाट परीक्षा गर्ने गरि प्रतिवेदन सरकारलाई बुझाइ सकेको छ । सरकारले निर्णय गर्न नसक्दा परीक्षा अन्योल भएको हो । गत ८ वैशाखका लागि तोकिएको परीक्षा कोरोना भाइरस (कोभिड-१९) का कारण स्थगित भएको थियो ।

कोरोनाकै कारण रोकिएको एसईईको विद्यालयको मूल्याङ्कनको आधारमा नतिजा सार्वजनिक गरियो भने ११ को परीक्षा विद्यालयलाई नै गर्न भनिएको छ । १२ को परीक्षा के गर्ने भन्ने अहिलेसम्म निर्णय भएको छैन । 

१२ को परीक्षा नहुँदा विश्वविद्यालयको शैक्षिक क्यालेन्डर र विदेशमा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थी मारमा पर्छन् ।
थप सामग्री स् जततउकस्ररकजष्बिउबतचब।अयmरमभतबष्रिद्धघज्ञण्ढ