राष्ट्रपति विद्यादेवी भण्डारीले तीन वटा अध्यादेश जारी गरेकी छन् ।

सोमबार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्ले सिफारिस गरेका तीन अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरि प्रसाद दहालले जानकारी दिए ।

 राष्ट्रपतिबाट तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७७, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७७, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी भएको हो ।