सुर्खेत । वीरेन्द्रनगरमा डबल क्याप बोलेरो जीप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । शनिवार राति ८ बजेको समयमा वीरेन्द्रनगरदेखि चिङ्गाड गाउँपालिका २ रानिवास जाँदै गरेको कर्णाली प्रदेश २००१ च ०५९६ नम्बरको गाडी वीरेन्द्रनगर नगरपालिका–४ लाँदे नजिक दुर्घटना हुँदा ९ जना घाइते भएका हुन् ।

घाइते हुनेमा गाडी चालक चिङ्गाड गाउँपालिका–२ बस्ने का वर्ष २० कृष्ण खड्का, सोही ठाउँ बस्ने वर्ष १५ कि इन्द्रा राना, वर्ष ३३ कि मिना जिसी उनका छोरा वर्ष ८ का केशव राना रहेका छन् । यस्तै सोही ठाउँ बस्ने वर्ष वर्ष ३१ कि गङ्गा खत्री, वर्ष ३३ का नवीन खड्का, वर्ष ४० का नर बहादुर रोकाय, वर्ष २८ कि कौसिला बस्नेत र वर्ष ३३ का नर बहादुर खड्का रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख एवम् प्रहरी निरीक्षक देवेन्द्रसिङले जानकारी दिए ।