सुर्खेत, १५ असोज । नेपालमा पहिलो पटक कोरोना संक्रमित एक डाक्टरको मृत्यु भएको छ ।
कर्णाली प्रदेशिक अस्पतालका अर्थोपेडिक सर्जन डा. हरि सापकोटाको उपचारका क्रममा भेरी अस्पाताल बाँकेमा मृत्यु भएको हो ।
भदौ ३० गते स्वाव दिएका डा. सापकोटाको भदौ ३१ गतेदेखि कर्णाली प्रदेश कोभिड अस्पताल भर्ना गरिएको थियो । थप उपचारको लागि यही असोज २ गते भेरी अस्पताल बाँकेमा रिफर गरिएको थियो ।
सामाजिक विकास मन्त्रालय अन्र्तग स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका निर्देशक डा. रविन खड्काले सामाजिक संजाल फेसबुकमा कोरोनाको संक्रमणबाट अभिभावक गुमाएको लेखेको छन् ।
५८ वर्षीय डा सापकोटा ११औं तहका सरकारी डाक्टर हुन् ।