तुलसीपुरमा पार्किङ गरी राखेको एउटा कार भित्र ३ वटा शव फेला
दाङको तुलसीपुरमा पार्किङ गरेर राखेको एउटा कारभित्र तीन वटा शव फेला परेका छन्। तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित स्याउली बजारमा पार्किङ गरिराखेको भारतीय नम्बर प्लेट जे ०१६६०८८५ नम्बरको कारभित्र तीन वटा शव फेला परेको हो।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले तीन महिनादेखि पार्किङ गरेर राखेको गाडीभित्र शव फेला परेको जानकारीदिए।गत माघदेखि पार्किङ गरी राखेको गाडीभित्र तीन वटा शव फेला परेको छ,’ उनले भने, ‘घटना गम्भीरजस्तो देखिन्छ, हामी सूक्ष्म अध्ययन गरी बाहिरी सुराक खोज्ने प्रयास गरिरहेका छौं।’
‘मृतक को हुन् र कसरी उनीहरू पार्किङको गाडीभित्र पुगे भनेर अनुसन्धान सुरू नभएसम्म केही भन्न सक्ने अवस्था छैन,उक्त गाडी कसको हो र कसले यहाँ पार्किङ गरेको हो भन्ने अहिले खुल्न बाँकी सिंहले बताए।




प्रतिक्रिया दिनुहोस्