इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर
        काठमाडौं- सिभिल सेभिङ एण्ड क्रेडिट कोओपरेटिभका सञ्चालक इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन्।विशेष अदालतले सिभिल सहकारीका सञ्चालक तामाङलाई दोषी ठहर गरेको हो।
उनीविरूद्ध एक वर्षअघि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान गरी विशेष अदालतमा मुद्दा दायर गरेको थियो। विभागले तामाङसँग ३ अर्ब ३१ करोड ८५ लाख ९२ हजार ९ सय ४२ रुपैयाँ बिगो दाबी गरेको थियो।
विशेष अदालतले तीन वर्षभन्दा बढी सजाय हुन सक्ने भन्दै कसुर निर्धारणका लागि माघ २१ गतेका लागि अर्को इजलास तोकेको छ।
न्यायाधीशहरू टेकनारायण कुँवर, हेमनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलाशले तामाङलाई दोषी ठहर गरेको हो।
विभागले इच्छाराजसँगै उनकी पत्नी सिर्जना, दुई छोरी प्रतीक्षा र प्रतिष्ठा तथा मामाससुरा केशवराज श्रेष्ठसहित मीनाकुमारी श्रेष्ठविरुद्ध सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर गरेको थियो। उनीहरूमध्ये दुई छोरी प्रतीक्षा र प्रतिष्ठाले सफाइ पाएका छन्।

                        


प्रतिक्रिया दिनुहोस्