सुर्खेत । यो साता लगातार उकालो लागिरहेको सुनको मूल्य बिहीबार पनि प्रतितोला एक हजार ६ सय रूपैयाँले बढेको छ।

सुन चाँदी ब्यावसायी संघ, सुर्खेतका आनुसार बुधबार प्रतितोला एक लाख ४३ हजार ७ सय रूपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार प्रतितोला एक लाख ४५ हजार तीनसय रूपैयाँ ( १,४५,३००) पुगेको छ। तेजाबी सुनको मूल्य आज प्रतितोला एक लाख ४४ हजार ६ सय कायम छ।

आइतबार र सोमबार प्रतितोला दुई-दुई सय रूपैयाँले बढेको सुनको मूल्य मंगलबार प्रतितोला एकसय रूपैयाँले बढेको थियो। बुधबार प्रतितोला चारसय रूपैयाँले बढेको सुनको मूल्य बिहीबार पनि महँगिएको हो।

यो साता लगातार दुईदिन स्थिर रहेर मंगलबार प्रतितोला १५ रूपैयाँ र बुधबार तोलामा २० रूपैयाँले बढेको चाँदीको मूल्यमा पनि बिहीबार प्रतितोला ४० रूपैयाँले वृद्धि भएको छ। प्रति तोला १,९६५ ।