सुर्खेत । भदौ ०८ – लामो समयदेखि रोकिएको अखिल नेपाल टेबल टेनिस सङ्घको निर्वाचनमा बृजेन्द्र बहादुर हमालको नेतृत्वमा १२ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको छ।

सङ्घको विधानअनुसार भदौ ८ गते सम्पन्न केन्द्रिय कार्यसमितिको पहिलो बैठकले हिक्मत ब. मल्ललाई सङ्घको सदस्य पदमा मनोनित गरेको हो।मल्लले आफ्नो नियुक्तिलाई टेबल टेनिस खेलको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने अवसरको रूपमा लिएका छन्।र अखिल नेपाल टेबल टेनिस संघको केन्द्रिय उपाध्यक्षमा मनिस गहतराज मनोनित भएका छन् ।

उनले भने, “म टेबल टेनिस खेलको उन्नति र यसमा नयाँ प्रतिभा उत्पादन गर्ने दिशामा सबैलाई एकताबद्ध गर्न प्रयास गर्नेछु।

निर्वाचनका लागि गठित ३ सदस्यीय चुनावी समितिमा राष्ट्रिय खेलकुद परिषद्बबाट खेलकुद विकास विभाग प्रमुख सरोजकुमार पोखरेल, सङ्घसंस्था शाखा प्रमुख चन्द्रकुमार राई, र कानून शाखा प्रमुख नारायणराज अर्याल रहेका थिए।यो निर्वाचनले सङ्घको नेतृत्वमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ। यस्तै, महासचिवमा कुबेरप्रकाश सिंह, सचिवमा प्रज्वलकान्त मैनाली र कोषाध्यक्षमा ज्याकी महर्जन निर्विरोध निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत सरोज पोखरेलले बताए। निर्विरोध निर्वाचित अन्य सदस्यहरूमा शिवसुन्दर गोथे, नरबहादुर क्षेत्री, रिषिराज लहरे, नवीनबहादुर सिंह, र सन्तोषकुमार पौडेल रहेका छन्।