रास्वपाका सभापति रवि लामिछानेले इलामको निर्वाचनले पार्टीलाई महत्वपूर्ण पाठ सिकाएको बताएका छन्। उनले राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यस सम्बन्धमा टिप्पणी गरेका हुन्।

लामिछानेले भने, “इलाममा के भयो भनेर सोध्ने गरिएको छ। त्यहाँ हामी चुनाव हारिएको हो। त्यस बेला हाम्रो खुट्टा भुइँमा थियो र? इलाममा खुच्चिङ हामीलाई। उनले थपे, “हामी सङ्गठनलाई मजबुत बनाउन सकिएन, एक अर्कालाई मान्न नसकेका कारण समस्या भयो। तर, टाउको लुकाउनु र झुकाउनु पर्ने अवस्था छैन। पाठ सिकेर अघि बढ्ने हो।