सुर्खेतमा माटो खन्ने क्रममा माथिबाट खसेको ढुंगाले च्यापेर एक महिलाको मृत्यु भएको छ। गुर्भाकोट नगरपालिका–६ निवासी ३८ वर्षीया ज्योती वलीको बिहीवार बिहान घटनास्थलमै ज्यान गएको हो। वली दसैँको तयारीमा घर सजावटका लागि खोलाको किनारमा माटो खन्दै थिइन्, जसक्रममा माथिबाट अचानक ढुंगा खस्दा उनी च्यापिइन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काका अनुसार घटनापछि इलाका प्रहरी कार्यालय छिन्चुको टोली घटनास्थलमा पुगेको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा ढुंगाको खसेको कारणबारे थप जानकारी लिने काम भइरहेको छ।