रुकुम पश्चिममा करेन्ट लागेर मजदुरको मृत्यु
रुकुम पश्चिमको बाफिकोट गाउँपालिका वडा नम्बर ३ भाग्लेमा निर्माण हुँदै गरेको स्यार्पू हाइड्रोपावर आयोजनामा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ।
मृतक सल्यान जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर २ का ३२ वर्षीय मानबहादुर नेपाली रहेको वडा अध्यक्ष तिलविर केसीले जानकारी दिनुभएको छ।
वडा अध्यक्ष केसीका अनुसार बिहीबार दिउँसो करिब ३ बजेको समयमा स्यार्पू हाइड्रोपावर आयोजनामा काम गर्ने क्रममा नेपालीलाई करेन्ट लागेको थियो। गम्भीर घाइते भएका नेपालीको घटनास्थलमै मृत्यु भएको बताइएको छ।
प्रतिक्रिया दिनुहोस्