सुर्खेत – कर्णाली प्रदेशमा पहिलो पटक प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता आयोजना हुने भएको छ। प्लेइङ फर चेञ्जको आयोजनामा माघ १६ र १७ गते कर्णाली प्रदेश वीरेन्द्रनगरको रंगशालामा प्रतियोगिता हुने भएको हो।
आयोजक संस्था प्लेइङ फर चेञ्जका अध्यक्ष प्रकाश खड्काका अनुसार प्रतियोगिताको तयारी पूर्ण रूपमा सम्पन्न भइसकेको छ। पहिलो पटक सेन्सर प्रविधिको प्रयोग गरी प्रतियोगिता सञ्चालन गर्न लागिएको छ। प्रतियोगितामा कर्णालीका १० वटै जिल्लाबाट ३०० भन्दा बढी खेलाडी सहभागी हुने भएका छन्।
सहिद दिवसको अवसरमा आयोजना गरिन लागेको यो प्रतियोगिता १०औं राष्ट्रिय खेलकुदलाई मध्यनजर गर्दै खेलाडीहरूको तयारीमा सहयोग पुर्याउने उद्देश्यले आयोजना गरिएको अध्यक्ष खड्काले बताए।
प्रतियोगिताको उद्घाटन कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले गर्ने छन् । प्रतियोगिता सामाजिक विकास मन्त्रालय र वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग तथा तेक्वान्दो संघ कर्णाली प्रदेशको समन्वयमा आयोजना गर्न लागिएको हो।
प्रतियोगितामा विजेतालाई मेडल, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिने पनि आयोजकले जानकारी गराएको छ ।
प्रतिक्रिया दिनुहोस्