
सुर्खेत - बिहीबार राति जाजरकोटको सशस्त्र प्रहरीको ब्यारेकमा गोली चलाएको आरोप लगाएको छ । सशस्त्र प्रहरीको थाप्लेमा रहेको ब्यारेकमा भोजको आयोजना गरिएकोमा सोही भोज सकेर राति आमन्त्रित पाहुना फर्कने क्रममा गोली चलाएको आरोप लागेको छ ।
यो विषयमा जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीसँग सम्पर्क गर्दा उहाँको कुरा यस्तो छ, यो सब हावा कुरा हो यसको पछि कोही कसै नलाग्नुहोस् जहाँ पायो त्यही गोली पट्किँदैनन्, बिभिन्न सामाजिक सञ्जाल र मिडियामा जे पायो त्यही समाचार छापेको उहाँको आरोप रहेको छ ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक डीएसपी पुरुषोत्तम प्रसाद पाण्डेले पट्का पट्काएको जवाफ दिए । स्रोतका अनुसार सशस्त्रले आयोजना गरेको भोजमा प्रमुख जिल्ला अधिकारीदेखि सबै सुरक्षा अङ्गको टिम सशस्त्रको ब्यारेकमा सहभागी रहेको थियो । भोजको कार्यक्रम पुरा भएपछि सबै आफ्नो कार्यकक्षमा फर्कँदा नेपाली सेनाले गोली चलाएको आरोप लागेको छ ।
चन्दननाथ दल गण, मालिका ब्यारेक जाजरकोटका प्रमुख सेनानी दीपेश केसीले आफ्नो बिदाइमा पड्का पड्काएको बताए । उनले जाजरकोटका पत्रकार र जनताले सामान्य विषयलाई ठुलो विषय बनाएर गलत गरेको उल्लेख गरे । साथै हतियार पड्काएको थाहा नपाउने कस्तो खालको जनता हो भन्दै उनले उल्टो प्रश्न समेत गरे । उनले आफू नेपालगञ्ज भएको समेत दाबी गरका छन् ।
प्रतिक्रिया दिनुहोस्