
समाजवादी मोर्चा, नेपाल कर्णाली प्रदेश समितिले समसामयिक राजनीतिक परिवेश र समाजवादी मोर्चाको कार्यभारबारे अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ।
कार्यक्रम यही २०८२ बैशाख १३ गते बिहान ८ बजेबाट जिल्ला समन्वय समिति, सुर्खेतको सभाहलमा हुनेछ। समाजवादी मोर्चा, नेपाल कर्णाली प्रदेश स्तरीय संयन्त्रको आयोजनामा हुने उक्त कार्यक्रममा तीन वटै दलका केन्द्रीय नेताहरूले सम्बोधन गर्नेछन् ।
कार्यक्रमका प्रमुख वक्ताहरूमा नेकपा माओवादी केन्द्रका महासचिव कमरेड देव गुरुङ, नेकपा एकीकृत समाजवादीका सचिव एवं कर्णाली प्रदेश इन्चार्ज कमरेड चन्द्रबहादुर शाही, तथा नेकपा का स्थायी समिति सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज कमरेड कर्णजित बुढाथोकी सुशील स रहेका छन्।

मोर्चाले तीन वटै दलका केन्द्रीय सदस्य, केन्द्रीय निकाय, कर्णाली प्रदेशसभा सदस्यहरू, प्रदेश र जिल्ला स्तरका पदाधिकारीहरू, पार्टीका जनसंगठनका नेता तथा सदस्य, बुद्धिजीवी, पेशागत क्षेत्रका व्यक्तित्व, व्यवसायी, विज्ञ, युवा, महिला, किसान, मजदुर तथा सम्पूर्ण शुभेच्छुकहरूलाई कार्यक्रममा सक्रिय सहभागिताको लागि अनुरोध गरेको छ।
कार्यक्रम मार्फत वर्तमान राजनीतिक परिस्थिति, आगामी रणनीति, समाजवादी मोर्चाको भूमिका र जनस्तरसँगको सम्बन्ध विस्तारबारे गहिरो छलफल हुने र समाजवादी मोर्चा, नेपाल प्रदेश स्तरीय संयन्त्रको संयोजक कमरेड ठगेन्द्र प्रकाश पुरी रहेका थिए भने उक्त कार्यक्रमवाट प्रदेशको नेतृत्व नेकपा लाई हस्तान्तरण गरिने जानकारी नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य कमरेड बसन्त कुमार विश्वकर्माले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्