जाजरकोट — ग्लोबल सिभिङ शेयरिङ नेपालकी सुवर्णा संग बिबिसी नेपाली सेवाका सम्वाददाता प्रकाश पन्त को गतबर्ष काठमाडौंमा भेट भयो । त्यस भेट पछि सुवर्णाले भन्नुभयो कि हामी केही साथिहरुले चिसोको लागि केही न्यानो कपडा त्यो ठाउका जेष्ठ नागरिकलाई वितरण गर्न चाहान्छौ । सो उहाँकै पहलमा जाजरकोटको नलगाड नगरपालिका वडा नं–४ लहँका जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको प्रकाश पन्तले जानकारी दिनुभयो।

गत वर्ष जाडो महिनामा सहयोगको तयारी भए पनि दक्षिण कोरियाबाट पठाइएका कपडा लामो समय भन्सारमा रोकिँदा वितरण गर्न नसकिएको थियो। यस वर्ष भने सुवर्णा सहितको टोली स्वयं नलगाड पुगेर सयभन्दा बढी जेष्ठ नागरिकलाई न्यानो कपडा हस्तान्तरण गरी काठमाडौँ फर्किएकाे वडा अध्यक्ष बताउँछन्।
सहयोगका क्रममा सुवर्णाले भनिन्, “दक्षिण कोरियामा रहेका केही साथीहरू पनि यो सहयोगमा सहभागी भएका छन्। जाजरकोटका ज्येष्ठ नागरिकलाई यस जाडोमा केही न्यानो महसुस गराउन पाउँदा हामी सबै खुशी छौं।”

यस अभियानमा स्थानीय वडाध्यक्ष बद्री पन्तसहित सम्पूर्ण वडासदस्यहरूले आवश्यक समन्वय र सहयोग गरेका थिए। वडाध्यक्ष पन्तले भने, “जाडोयाममा जेष्ठ नागरिकलाई राहत पुर्याउने यो सहयोग अत्यन्त सराहनीय छ। पहिलो चरणमा १५० जेष्ठ नागरिकलाई कपडा वितरण गरिएको छ र आगामी चरणमा महिला तथा बालबालिकालाई पनि सहयोग गर्ने योजना छ।”
स्थानीयहरूले ग्लोबल सिभिङ शेयरिङ नेपाल र सुवर्णाको यो मानवीय योगदानप्रति कृतज्ञता व्यक्त गरेका छन्।




प्रतिक्रिया दिनुहोस्