बैतडी जिल्लामा अवस्थित ऐतिहासिक तथा धार्मिक गहनाका रूपमा परिचित पञ्चदेवल शिव धाम–सप्तदेवल मन्दिर आज उपेक्षाको चपेटामा छ। संस्कृति, आस्था र विश्वासको केन्द्र मानिने यो धरोहरमा रहेका पुराना भाँडाकुडा, तलवार तथा अन्य अमूल्य सम्पदा सुरक्षित राख्ने जिम्मेवारी न स्थानीय तहले बुझेको छ, न प्रदेश सरकारले न त संघीय सरकारले नै संवेदनशीलता देखाएको छ।

धार्मिक एकता, शान्ति र सद्भाव फैलाउने स्रोत मानिने यो धाम संरक्षण अभावका कारण दिनानुदिन जीर्ण बन्दै गएको स्थानीयहरूको गुनासो छ। समयमै संरक्षण, दिगोपन र व्यवस्थापनमा ध्यान नदिइने हो भने मन्दिरको मौलिकता मात्र होइन, भोलिका पुस्ताले आफ्नै इतिहास र सांस्कृतिक पहिचानसँग टुट्ने खतरा बढ्दै गएको छ।

सम्पदा संरक्षणलाई सामूहिक दायित्वका रूपमा लिएर राज्यका तीनै तहले आवश्यक पहल गर्नुपर्ने माग स्थानीयवासी तथा धार्मिक अगुवाहरूले गरेका छन्।