सुर्खेत । उज्यालो नेपाल पार्टी कर्णाली प्रदेश समितिको वरिष्ठ उपाध्यक्ष पदमा हिक्मत गिरी चयन भएका छन्।
मिति २०८३ साल भदौ ५ गते बसेको उज्यालो नेपाल पार्टी कर्णाली प्रदेश सचिवालयको बैठकले गिरीलाई प्रदेश समितिको वरिष्ठ उपाध्यक्ष पदमा चयन गरेको हो।
जिम्मेवार तथा गरिमामय पदमा रहेर काम गर्ने अवसर प्रदान गरेकोमा गिरीले पार्टी नेतृत्व, पार्टी पंक्ति, अगुवा कार्यकर्ता तथा सम्पूर्ण साथीभाइप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेका छन्।
वरिष्ठ उपाध्यक्षको जिम्मेवारी आफ्नो लागि केवल सम्मानको विषय नभई जनताको आवाज बन्ने, संगठनलाई थप बलियो बनाउने र परिवर्तनको अभियानलाई प्रभावकारी रूपमा अघि बढाउने महत्वपूर्ण जिम्मेवारी भएको गिरीले बताएका छन्।
गिरीले पार्टीले आफूलाई दिएको विश्वासलाई शिरमा राख्दै इमानदारी, निष्ठा र प्रतिबद्धताका साथ संगठन निर्माण तथा जनसेवामा निरन्तर खटिने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले पार्टीको नीति, उद्देश्य र विचारलाई जनस्तरसम्म पुर्याउँदै संगठनलाई थप व्यवस्थित, सुदृढ र प्रभावकारी बनाउन आफ्नो भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्ने बताएका छन्।











प्रतिक्रिया दिनुहोस्