सुर्खेत । कोरोना संक्रमणबाट ७६ वर्षीया महिलाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारणले सुर्खेत वीरेन्द्रनगर–१० का ७६ वर्षीय महिलाको मृत्यु भएको हो ।
कोरोना संक्रमित रहेकी ती महिलाको प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा आइतबार बिहान १० बजेतिर मृत्यु भएको हो ।
कोरोना संक्रमित महिला दमसँगै पेटबाट रगत बग्ने समस्या देखिएपछि कोरोना विशेष अस्पतालमा असोज २१ गते भर्ना गरिएको सामाजिक विकास मन्त्रालयअन्र्तगत स्वास्थ्य सेवा महाशाखाका प्रमुख वृषबहादुर शाहीले बताए ।
कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।