सुर्खेत । जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमले कार्यालयबाट हुने काम कारवाही बिषयमा सेवाग्राही सन्तुष्टी सर्वेक्षण फारम भर्न शुरु गरेको छ । कार्यालयबाट हुने सेवा प्रवाहका बिषयमा सेवाग्राहीबाट सन्तुष्टी सर्वेक्षण शुरु गरेको हो ।
कार्यालयबाट प्रदान गरिने सेवालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर सेवाग्राही सन्तुष्टी सर्वेक्षण थालिएको रुकुमपश्चिमका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए । ‘कार्यालय भईरहेको सेवाका सम्बन्धमा सेवाग्राहीको सन्तुष्टिको स्तरमापन गर्न र सेवा प्रवाहमा सुधार गर्न पृ्ष्ठपोषण प्राप्त गर्ने अभिप्रायले आजबाट सेवाग्राही सन्तुष्टि सर्वेक्षण फाराम लागू गरिएको छ ।’ उनले भने,‘सेवाग्राहीले दिएको सुझावका आधारमा कार्यालयले काम कारवाहीमा सुधार गरिने छ ।’
कार्यालयले सुधार गर्नु पर्ने बिषय, सेवा प्रवाहमा लाग्ने समय, सेवा लिने प्रक्रिया, कार्यालयका कर्मचारीको व्यवहार र सेवा प्रवाहमा सुधार गर्नु पर्ने बिषयमा सेवाग्राहीले फारम भरेर सुझाव लिइने प्रमुख जिल्ला अधिकारी गैह्रेले जानकारी दिए । ‘हामी सेवा प्रवाहलाई छिटो र छरितो बनाउन चाहन्छौं ।’ उनले भने,‘त्यसका लागि सेवाग्राहीको सुझाव नै हाम्रा लागि मार्गदर्शक हो ।’
कार्यालय कर्णालीमा नै पहिलो पटक सेवाग्राहीको सन्तुष्टी मापन सर्वेक्षण गर्न लागेको हो ।