काठमाडाैँ,गायक निशान भट्टराईले विवाह गरेका छन् । मड्गलबार धुलिखेल जिल्ला अदालतमा पुगेर ऋचा न्यौपानेसँग निशानले विवाह गरेका हुन् ।

निशान र ऋचा २ वर्षदेखि प्रेममा थिए । आफ्नो २ वर्षे प्रेमलाई विवाहको रूप दिएका हुन् । ऋचा र निशानले ’लाहुर जाने रेल’ बोलको गीतमा एकसाथ काम गरेका छन् ।

नेपाल आइडल पहिलो सिजनका फर्स्ट रनरअपसमेत रहेका निशान पछिल्लो समय नेपाली साङ्गीतिक क्षेत्रमा निकै सफल भइरहेका छन् । चलचित्रकादेखि एल्बम तथा सोलो गीतहरूमा पनि निशान हावी बनिरहेका छन् ।

निशानको स्वरमा रहेका धेरै गीतहरू हिट भएका छन् । निशानको स्वर रहेको ’भुन्टी’, ’माया पिरिम’, ’पछि उमेर ढल्किन्छ’, ’के माया लाग्छ र ?’ लगायत गीत हिट छन् । साभार: ईमान्दार खबर