करेन्ट लागेर सोलुखुम्बुमा वडाध्यक्षको मृत्यु
असोज ६ गते, २०७७ १६:२३ मा प्रकाशित
सोलुखुम्बु, ६ असोज । सोलुखुम्बुमा करेन्ट लागेर वडाध्यक्षको मृत्यु भएको छ ।
सोलुखुम्बु माप्य दुधकोशी गाँउपालिका–५ का वडाध्यक्ष ३९ वर्षीय निमराज तामाङको करेन्ट लागेर मंगलरबार बिहान मृत्यु भएको हो ।
बिहान साढे ८ बजे आफ्नै घरमा रड लिएर छतमा गएका वडाध्यक्षलाई रडले अचानक बिजुलीको नाङ्गो तारमा छुँदा करेन्ट लागेको थियो ।
करेन्ट लागेर बेहोस भएका वडाध्यक्ष तामाङको जिल्ला अस्पताल फाप्लुमा उपचारको क्रममा ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
Post Views: 559
प्रतिक्रिया दिनुहोस्