सुर्खेत, ६ असोज । कर्णाली प्रदेशमा थप ५५ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, जिल्ला अस्पताल दैलेख र चौरजहारी नगरपालिकाको पिसिआर मेसिन रुकुमपश्चिमा गरिएको परीक्षणमा ५५ जनामा कोरोना पुष्टि भएको हो ।
प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका ४२ जना, जिल्ला अस्पताल दैलेखमा गरिएको परीक्षणमा १ जना र चौरजहारी नगरपालिकाको पिसिआर मेसिन रुकुमपश्चिमा गरिएको परीक्षणमा १२ जनामा कोरोना पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय अन्र्तगत स्वास्थ्य सेवा महाशाखाका प्रमुख वृषबहादुर शाहीले बताए ।
योसँगै कर्णालीमा कोरोना संक्रमण हुनेको संख्या ३२२८ पुगेको छ ।
कर्णालीका बिभिन्न आइसोलेसन सेन्टर र अस्पतालबाट २७ जना कोरोना संक्रमण निको भएर डिस्चार्ज भएको महाशाखा प्रमुख शाहीले बताए ।
कर्णालीमा कोरोना संक्रमण निको हुनेको संख्या २७१४ रहेको र संक्रिय संक्रमितको संख्या ५०८ रहेको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।
कर्णालीमा थपिएका संक्रमितमध्ये सरकारी कर्मचारी, स्वास्थ्यकर्मी, स्थानीय र भारतबाट आएका नागरिक रहेको महाशाखाले जनाएको छ ।