सुर्खेत, ११ असोज । कर्णालीमा आइतबार थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा थप ४५ जनामा कोरोना पुष्टि भएको हो ।
कर्णालीमा कोरोना संक्रमित हुनेमा सुर्खेतका ३३ जना, सल्यानका ५ जना, दैलेख, जुम्ला एक/एक जना र अन्य प्रदेशका ५ जना रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिए ।
योसँगै कर्णालीमा कोरोना पुष्टि हुनेको संख्या ३४०९ जना पुगेका छन् ।
आइतबार कर्णालीका बिभिन्न आइसोलेसन सेन्टर र अस्पतालबाट १७ जनामा कोरोना संक्रमण निको भएर डिस्चार्ज भएको स्वास्थ्य शिक्षा अधिकृत कंडेलले बताए । ‘कर्णालीमा कोरोना संक्रमित निको हुनेको कुल संख्या २८२७ पुगेको छ ।’ उनले भने,‘हाल ४९९ कोरोनाका संक्रिय संक्रमित बिरामीको संख्या रहेको छ ।’