काठमाडौं । नेपालमा कोरोना संक्रमण निरन्तर बढ्न थालेको छ । पछिल्लो २४ घन्टामा २ हजार २ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा २ हजार २ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण भएको जानकारी दिए । उनका अनुसार देशभर संक्रमितको संख्या ८६ हजार ८ सय २३ पुगेको छ ।

संक्रमितमध्ये ६४ हजार ६९ जना निको भएर घर फर्किएका छन् भने ५ सय ३५ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।

नेपालले कोरोना संक्रमणमा चीनलाई पछि पारेको छ । चीनमा ८५ हजारको हाराहारीमा संक्रमित छन् ।