सुर्खेत । वीरेन्द्रनगर–१, सुर्खेतका ज्ञानेन्द्रबहादुर विश्वकर्मा सुर्खेतका एक सफल सुनचाँदी व्यवसायी हुन् । सानै उमेरदेखि किराना पसलबाट व्यवसाय शुरु गरेको विश्वकर्माले अहिले सुर्खेतको वीरेन्द्रनगर–६ मा सुनचाँदी व्यवसाय चलाएका छन् ।
सुनचाँदी व्यवसायी संघ सुर्खेतका सचिवसमेत रहेका विश्वकर्माको जन्म बि.स. २०४१ सालमा बर्दियाको गेरुवा गाउँपालिका(साविकको भैरमपुर गाबिस) मा जन्मिए हुन् । बुबा शिक्षक भएका कारणले बि.स.२०४५ सालमा सुर्खेतमा बसाई सरेका हुन् ।
बुबा शिक्षक बनाउन चाहनुहुन्थ्यो, म व्यवसायी बनेँ
कक्षा आठसम्मको अध्यायन गरेका विश्वकर्मालाई उनको बुबाले शिक्षक बनाउन चाहेको तर, आफुले व्यवसायमा नै रुची भएका कारणले व्यवसाय रोजेको बताए । ‘मलाई बुबाले राम्रो पढेर शिक्षक बनाउन चाहनुहुन्थ्यो ।’ उनले भने,‘तर, मैले पढाईलाईभन्दा बढी व्यवसायमा ध्यान दिए ।’
बुबाको चाहना अनुसार आफुले काम गर्न नसकेको भएपनि अहिले आफुले व्यवसायबाट सन्तुष्ट भएको विश्वकर्माले बताए । ‘मैले गरेको व्यवसायबाट म सन्तुष्ट रहेको छु ।’ उनले भने,‘अरुको चाहनाभन्दा आफुले गरेको काममा नै सजिलो महशुस हुँदो रहेछ ।’
भाईको प्रेरणाले सुनचाँदी व्यवसायमा लागेँ
२०६१ सालदेखि २०६८ सालसम्म इलेक्ट्रोनिक्स व्यवासाय संचालन गरेका विश्वकर्माले २०६८ सालबाट भाइको प्रेरणाले सुनचाँदी व्यवसायमा संग्लन रहेको बताए । ‘मेरो भाईको सुनचाँदी व्यवसाय संचालन गरेको थियो ।’ उनले भने,‘भाईको प्रेरणाले नै सुनचाँदी व्यवसायमा संग्लन भएको छु ।’
इलेक्ट्रोनिक्स व्यवसाय दैनिक उपभोग्य बस्तु जस्तै भएको सुनचाँदी व्यवसाय एउटा बिलासिताको व्यवसाय रहेको विश्वकर्माले बताए ।
इलेक्ट्रोनिक्स व्यवसायमा बढी उधारो जाने गरेको तर, सुनचाँदी व्यवसायमा कमै मात्र उधारो जाने विश्वकर्मा बताउँछन् ।
सानै उमेरमा विवाह भयो
कक्षा आठमा पढ्दा नै आफ्नो विवाह भएका कारणले आफुले व्यवसायमा लागेको विश्वकर्मा बताउँछन् । ‘कक्षा आठमा नै पढ्दा मेरो विवाह भयो ।’ उनले भने,‘विवाह भएपछि पढाई छाडेर गाउँमा नै सानो एउटा पसल चलाए ।’
गाउँमा नै किराना पसलको अनुभव गरेको विश्वकर्माले पछि वीरेन्द्रनगर बजारमा इलेक्ट्रोनिक्स व्यवसाय चलाएको बताउँछन् । ‘गाउँमा व्यवसाय गरेको अनुभवका आधारमा पछि बजारमा व्यवसाय संचालन गरेको हुँ ।’ उनले भने,‘ इलेक्ट्रोनिक्स व्यवसाय छाडेर पछि सुनचाँदी व्यवसायमा लागे ।’
सुनचाँदी व्यवसायमा ६० प्रतिशत गिरावट आएको छ
कोरोना भाइरसको महामारीका कारणले अहिले सुर्खेतमा सुनचाँदी व्यवसायमा ६० प्रतिशत गिरावट आएको विश्वकर्मा बताउँछन् ।
कोरोना भाइरसको महामारीका कारणले बिगतमा दशै तिहारमा सुनचाँदी किन्नेको भीड नै लाग्ने गरेको तर, महामारीका कारणले सुनचाँदी किन्ने नागरिक कमी भएको विश्वकर्माले बताए । ‘नागरिकहरुले कमाएको पैसा कोरोना भाइरसका कारणले भएको लकडाउनमा खानपिनमा नै सकेका छन् ।’ उनले भने,‘सुनचाँदी विलासिताको सामान भएका कारणले मानिसहरु पहिलो गास, बास र कपास हो । अहिले त्यसैमा खर्चेका छन् । विलासिताको सामान किन्न कमै मात्र मानिस आउने गरेका छन् ।’
सुनचाँदी व्यवसाय अब पुरानै ठाउँमा फर्किनका लागि कोरोना बिरुद्धको खोप बनेपछि मात्र संम्भव रहेको विश्वकर्माले बताए । ‘आगामी वर्षमा मात्रै सुनचाँदी व्यवसाय आफ्नो ठाउँमा फर्किन सक्छ ।’ उनले भने,‘अहिले अवस्थामा सुनचाँदी व्यवसायीहरु मारमा परेका छन् ।
सुर्खेतमा सुनचाँदी व्यवसायमा पाँच सय हाराहारीले रोजगारी पाएका छन्
सुर्खेतमा सुनचाँदी व्यवसायीहरु अहिले करिब १५० जना जति रहेको त्यसमा काम गर्ने कालीगढलगाएतका अन्यले रोजगारीका हिसाव पाँच सय जनाले रोजगारी पाएको विश्वकर्माले बताए ।
कोरोना महामारीका बीचमा पनि अहिले कालीगढ लगाएतका अन्यले पाँच सय जनाभन्दा बढीले रोजगारी पाएको विश्वकर्माले बताए । ‘सुन महङ्गो धातु भएका कारणले अहिलेको अवस्थामा केही अस्थीर भएपनि भोलीको दिनमा स्थीर अवस्थामा व्यापार आउँछ ।’ उनले भने,‘यसमा रोजगार गर्ने केहीमा असर परेपनि भोलीको दिनमा सहज हुनेछ ।’