सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ पातालगंगामा पातलगंगा सामुदायिक थारू होमस्टे संचालनमा आएको छ । होमस्टेको उद्घाटन कर्णाली प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिह बुढाले गरेको हुन् ।
होमस्टेको उद्घाटन गर्दै मन्त्री बुढाले कर्णाली प्रदेश आर्थिक र राजगारी कसरी गर्ने होमस्टेबाट थोरै लगानीमा धेरै फाइदा लिन सकिने जनाए । ‘अर्गानिक प्रदेश बनाउने लक्ष्य लिएका छौं ।’ उनले भने,‘होमस्टे लगानी गर्ने योजना बनाएका छौं ।’
हामीले ठुला होटेलमा हैन समुदाय स्तरमा आयआर्जन गर्ने कार्यक्रम ल्याउने गरेको मन्त्री बुढाले जानकारी दिए । ‘सुर्खेत तथा कर्णालीमा प्रचु्र पर्यटनको संम्भावना रहेका कारणले होमस्टेको अवधारणा निकै राम्रो रहेको छ ।’ उनले भने,‘हामीले होमस्टेको प्रर्वद्धन गर्नका लागि अहिले अनुदान दिने व्यवस्था गरेका छौं ।’
छ वटा घर होमस्टे बनाएको थारू परिकार पाउने पातलगंगा सामुदायिक थारू होमस्टेका अध्यक्ष अध्यक्ष दिलबहादुर चौधरीले बताए । ‘सुर्खेत आसपास कार्यक्रम हुने लक्ष्य रहेको छ ।’ उनले भने,‘स्थानीय परिकार खोज्न आउने गर्दछन ।’
अब मानिसले ठुला होटेल हैन साना होटेल खोज्न थालेकाले होमस्टेको अवधारणा ल्याएको चौधरीले बताए । ‘प्रत्येक गाउँ गाउँमा होमस्टे बनाउन आवश्यक रहेको छ ।’ उनले भने,‘हामीले होमस्टे मार्फत स्थानीय सस्कृति जोगाउन पनि होमस्टे आवश्यक रहेको छ ।’
नाकाबन्दी लकडाउन गरेर हैन, अबका दिन कोरोना बिरूद्व लड्दै आर्थिक गतिबिधि संचालन गर्न जरूरी रहेको उपाध्यक्ष चन्द्रा चौधरी बताइन् ।‘सामुदायिक लज र होटेल बनाउने लक्ष्य लिएका छौ ।’ उनले भनिन्,‘पर्यटन क्षेत्रको विकासका लागि पर्यटकीय गतब्य आवश्यक रहेको छ ।’