सुर्खेत । सुर्खेत वीरेन्द्रनगर–९ लाटीकोइलीमा संचालित साझा घरमा रहेका बेसहरालाई कालिकोटका पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले खसी उपहार दिएका छन् । साझा घरमा रहेका ३३ जना वेसहरा बालबालिकालाई दशैंको उपलक्ष्यमा खसी उपहार दिएका हुन् ।
दशैंमा कसैले पनि खल्लो गरि मनाउन नपरोस भनेर खसी, खाद्यान्न उपलब्ध गराएको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए । ‘कसैले पनि महान चाडमा खल्लो गरि मनाउन नपरोस भनेर खसीलगाएतका खाद्यान्न उपलब्ध गराएको हुँ ।’ उनले भने,‘म राजनीतिमा पनि समाज सेवाका भावले लागेका कारणले दिनदुखीको सेवा गर्नु मेरो कर्तव्य हो ।’
सडकमा रहेका बालबालिका तथा अन्य बेसहारालाई आश्रय दिइरहेको साझा घर नमुनाका रुपमा विकास गर्नु पर्ने नेकपा कालिकोटका सचिवालय सदस्य कृष्ण आचार्यले बताए ।
साझा घरले विगतदेखि नै सडकमा रहेका बालबालिका तथा बेसहराको आश्रय रहेको नेकपा कालिकोट जिल्ला सदस्य रविन्द्रबहादुर शाहीले बताए ।
दाताहरुको सहयोगमा नै साझा घर संचालन गर्दै आएको साझा घरका संचालक विनोद चौलागाईले बताए ।